रामहरि खतिवडाले ताके कांग्रेस पार्टीको मुख !

काठमाडौं ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिएमा आफू सभापति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।

खतिवडाले नेपाली कांग्रेसको शुक्रबार बसेको  केन्द्रीय समिति बैठकमा विवादित विधेयकबारे उठेको प्रश्नको सन्दर्भमा आफू जिम्मेवारी लिन तयार रहेको बताएका हुन् । खतिवडाले भने, ‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ । पार्टीले बाहिर बस भने म बाहिर बस्न तयार छु ।’

संघीय निजामती सेवासम्बन्धी विधेयकको दफा ८२ मा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान समितिबाट पारित भएको भन्दा फरक रुपमा संशोधित भएपछि सभापति खतिवडा विवादमा तानिएका हुन् । यससम्बन्धी यथार्थ कुरा बाहिर ल्याउन तथा दोषी पत्ता लगाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले छानविन समिति गठन गर्न आवश्यक परामर्श गरिसकेका छन् । अब समिति गठन भएको घोषणा हुन मात्र बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर