निजामती सेवा विधेयकप्रति सांसद चन्द्र भण्डारीको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले संसदमा प्रस्तुत निजामती सेवा विधेयकप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले विधेयकमा छल, ढाँट, किर्ते र स्वार्थपूर्ति प्रयास भएको भन्दै यसले मुलुकको नैतिक धरातल हल्लाएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले विधेयकको प्रक्रिया अपारदर्शी र षड्यन्त्रपूर्ण रहेको आरोप लगाएका छन्।
भण्डारीले यो घटनालाई “अक्षम्य अपराध” भन्दै इतिहासमै उदाहरणीय कारबाही हुनुपर्ने माग गरेका छन्। साथै, उनले लोकतन्त्रप्रति निष्ठावान व्यक्ति र जनतामाझ गहिरो निराशा उत्पन्न भएको समेत बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर