निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान माग गरेका छन् । सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभएको भन्दै उनले आपत्ति जनाए । उनले यसलाई देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम सांसदप्रति गरिएको अपमान भनेका छन् । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुनेमा उनले जोड दिएका छन् ।
सामाजिक सञ्जालमा कोइरालाले लेखेका छन्– ‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम सांसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।’