मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर काेइरालाकाे इजलासले बस्नेतविरुद्ध हिजो आइतबार उक्त धराैटी मागकाे आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे थियाे । त्यसकाे थुनछेक बहसपछिकाे आदेशमा धराैटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेकाे अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया