भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलाका वासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं ।  भोटेकोशी, त्रिशूली, लाङ्टाङ र चिलिमे खोला आसपासका वासिन्दालाई रसुवाको स्थानीय प्रशासनले बाढी आउन सक्ने भन्दै सचेत गराएको छ । नेपालमा सक्रिय भएको मौसम र छिमेकी चीनको तिब्वतमा पनि भीषण पानी परिरहेकाले नेपालका नदीहरुमा पनि बाढी आउन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत गराएको हो ।

तिब्बतमा ठूलो पानी पर्दा त्यसको असर नेपालका भोटेकोशी, त्रिशूली तथा चिलिमेलगायतका खोलामा पनि पर्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय रसुवाले आग्रह गरेको हो ।

खासगरी, नदी किनारमा रहेका बस्ती र निर्माणाधीन आयोजनाहरुलाई बाढी, पहिरोजस्ता विपदबाट जोगिन पूर्व सावधानी अपनाउन आग्रह गरिएको छ । सम्भावित विपदबाट सडक संरचनामा पनि क्षति पुग्न सक्ने भएकाले सवारीसाधन चलाउँदा र यात्रा गर्दा पनि सावधानी अपनाउन आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर