तराई क्षेत्रमा आज ठूलो पानी पर्नसक्ने सम्भावना

काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशीमा हल्का वर्षा भइरहेको बेला मधेस र बागमती प्रदेशमा बादल लागेको छ ।

गएराति खोटाङ, चितवन, म्याग्दी, दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । गएराति कम वर्षा भएको तराई क्षेत्रमा आज ठूलो पानी पर्नसक्ने सम्भावना छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले खोटाङ, दोलखा, चितवन जिल्ला आसपास भएर बग्ने स-साना खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । दोलखाको खिम्ती खोला, चितवनको काली खोला र यस्तै अन्य साना नदीहरूमा बाढी र पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर