तिब्बत क्षेत्रमा भारी वर्षा : भोटेकोशी र सुनकोशीमा बाढीको खतरा

काठमाडौं ।  तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको र त्यसले नेपालको भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तल्लो तटका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

आज बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आगामी असार ७ गतेसम्म सावधानी अपनाउन आग्रह गरेको हो।चीनको प्रहरी कार्यालयबाट भोटेकोशी नदी बग्ने तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर