भ्रष्टाचारमा एमाले सांसद पनि अगाडि !

काठमाडौं ।  नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र ठाकुर, धनुषाको औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसमेत १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोगअ अनुसन्धान आयोगले सांसद ठाकुरविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले औरही गाउँपालिकामा अस्पताल निर्माणमा अनियमिता गरेको विषयमा साँसद ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको उल्लेख गर्नु भएको छ ।

उहाँका अनुसार अस्पताल निर्माण गर्न आफ्ना मान्छेलाई ठेक्का पार्न सांसद ठाकुरले अनियमितता गरेका थिए । अस्पताल निर्माणको ठेक्कामा ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैया ९८ पैसा हानिनोक्सानी भएको भन्दै अख्तियारले साँसद ठाकुर र तत्कालिन गापा अध्यक्ष यादवसहित १७ जनालाई विपक्षी बनाएको छ । उनीहरुविरुद्ध सोही बमोजिमको रकम बिगो दावि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर