मधेश प्रदेशको नाम जनक वा जानकी राखेको भए हुन्थ्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनकपुरधाम उपमहानगरपालिका ८ बलवाटोलमा निर्मित मैथिली भवनको उद्घाटन गरेका छन् । मैथिली भवन उद्घाटन समारोहमा उनले मधेश प्रदेशको नामकरणमा आपत्ति जनाए । उनले भने, ‘राजा जनक र जानकीको पवित्र भूमि जनकपुरधाम हो । यस प्रदेशको नाम जनक वा जानकी राख्दा हुन्थ्यो ।’

राजा जनक सानो राजा थिएन भन्दै उनले सिंगापुर, मलेसिया, कम्बोडिया जस्ता ठाउँमा समेत राजा जनकको राजधानी मान्ने गरेको बताए । थाइल्याण्डका राजाले त जनककै सन्तान पनि भन्ने गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर