बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२(८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । हिजो बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामाले नीति तथा कार्यक्रम पारित गरियोस भनी पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि गएको १९ गतेदेखि निरन्तर छलफल भएको थियो । छलफलमा उठेका विषयहरुको मुख्यमन्त्री लामाले सदनमा जवाफ दिँदै भने, आगामाी आर्थिक वर्षका नीति तथा कार्यक्रममा साना–साना योजनाहरू हटाएर समग्र, प्रभावकारी योजनातर्फ सरकार लागेको बताए ।
प्रतिक्रिया