पर्सि आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । पर्सि आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज शुक्रबार एक सूचना जारी गरेर काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।
प्रतिक्रिया