बैतडीमा ३.७ रेक्टर स्केलको १० वटा साना परकम्पन

काठमाडौं । बैतडी सदरमुकाम खलङ्गा क्षेत्रमा बिहीबार राति १ बजेर ४८ मिनेट जाँदा गएको ५.१ रेक्टर स्केलको भूकम्पपछि ३.७ रेक्टर स्केलको एक र त्यसपछि १० वटा साना परकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको पहिलो धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन।

भूकम्प मापन केन्द केन्द्र सुर्खेत कार्यालयका प्रमुख चिन्तन तिमिल्सिनाका अनुसार ५.१ रेक्टर स्केलको भूपकम्प गएको २० मिनेटपछि ३.७ रेक्टर स्केलको दोस्रो र त्यसपछि १० वटा साना पराकम्पन गएका हुन्। उनका अनुसार बैतडीसहित पश्चिम नेपालमा भूकम्पको जोखिम कायमै रहेकाले भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन आवश्यक देखिएको छ।

भूकम्पपछि बैतडी सदरमुकाम आसपासका भौतिक संचरनाको स्थलगत निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । प्रजिअ उपाध्यायले पश्चिम नेपाल भूकम्पको जोखिममा रहेको कुरा विभिन्न अध्ययनबाट सार्वजनिक भएकाले जनचेतना र भूकम्पप्रतिरोधी भौतिक संचरना निर्माण हुन जरुरी देखिएको बताए ।

२० प्रतिशत संरचना जोखिममा

बैतडी सदरमुकामको मुख्य बजार गोठालापानीदेखि शाहीलेक हुँदै गढीसम्म करिब एक हजार भन्दा बढी पक्की घरहरु विभिन्न समयमा निर्माण भए पनि ८० प्रतिशत घर नक्सा पास नगरी निर्माण भएका छन्। विभिन्न अध्ययन र शुक्रबार राति गएको भूकम्पले बैतडी सदरमुकाम उच्च जोखिममा रहेको पुष्टि गरेको छ। भौतिक संचरनाका हिसाबले बैतडी लगायत सुदूरपश्चिमका अन्य जिल्लाका भौतिक संचरना मझौला खालको भूकम्प थेग्न सक्ने खालका नभएको भूकम्प मापन केन्द केन्द्र सुर्खेत कार्यालयका प्रमुख चिन्तन तिमिल्सिनाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर