बैतडीको खलंगा आसपासमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडी केन्द्रविन्दु भएर हिजो बिहीबार राति भूकम्प गएको छ । बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर हिजो राति १ बजेर ४८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । भूकम्पबाट मानिसहरू त्रसित भएका र के कस्तो असर, क्षति पुर्‍यायो भन्नेबारे सूचना संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर