शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकलेशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पारित गरेको छ । बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्र बन्ने बताए ।
‘काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर दिल्लीतिर जाने लर्कोलाई यो विश्वविद्यालय निर्माणपछि त्यो कैलालीको गेटमा रोकिनेछ । र कैलाली स्वास्थ्य र शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्रका रूपमा उपस्थित जनाउनेछ’, उनले भने ।
प्रतिक्रिया