सर्लाहीमा माछा पोखरी बनाउने नाममा ५६ करोड भ्रष्टाचार !

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापासहित ८ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध  सर्लाहीको बागमती नगरपालिका – ४ र १२ मा सागरनाथ वन विकास परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण गरी वन क्षेत्रबाट ढुंगा, गिटी, बालुवा, माटो आदी वन पैदावार गैर कानुनी रुपमा उत्खनन गरी परेको खाल्डोमा माछा पोखरी निर्माणको नाममा संघीय सरकार, प्रदेश सरकार समेतको करोडौँ रकमबाट गैरकानूनी तवरमा पोखरी समेतका संरचनाहरू निर्माण गरी  सरकारी सम्पत्ति हिनामिना गरेर दुरुपयोग गरेको आरोप पत्र दायर गरिएको हो।

उनीहरूले माछा पोखरी निर्माणको नाममा पोखरी समेतका गैरकानूनी संरचनाहरू निर्माण गरी साबिक वन ऐन, २०४९ एवं प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेकोले वन क्षेत्रमा निर्माण गरिएका सबै संरचनाहरू कानुन अनुसार जफत गरी जे जुन प्रयोजनको लागि निर्माण गरिएको आयोगले जनाएको हो।

उनीहरूले आर्थिक वर्ष २०७५।७६ देखि २०७९।८० सम्म मधेस प्रदेश सरकार अर्थ मन्त्रालयका पदाधिकारी र कर्मचारीसँग मिलेमतोमा प्रदेश विनियोजन ऐन र प्रदेश मन्त्रीपरिषद्को निर्णय विपरीत विशेष र सशर्त अनुदान प्राप्त गरी बागमती नगरपालिका सर्लाहीको आन्तरिक श्रोत र संघीय सरकार समेतको गरी ५६ करोड ७१ लाख रुपैयाँ बराबरको रकम दुरुपयोग गरेको आयोगले जनाएको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को (पहिलो संशोधन) ऐन, २०८१ को दफा १७  बमोजिमको कसुर मागदावी गरी  विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर