कुलेखानी–फाखेल–हुमाने सडक कालोपत्रे गरिँदै

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्गअन्तर्गत कुलेखानी–फाखेल–हुमाने भन्ज्याङखण्डमा कालोपत्रे कार्य तीव्र गति दिएको छ ।
इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा पर्ने यो खडक खण्डमा वर्षा सुरु हुनु अगावै कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य सहित बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मकवानपुरले निर्माण कार्य तीव्र बनाएको हो । जेठ गतेसम्म २० गतेसम्म सवारी आवतजावत बन्द गरी निर्माण कार्यलाई प्राथमिकता दिइएको छ ।
पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले हुमानेदेखि कंलकीसम्मको १२ दशमलव ६ किलोमिटर सडकखण्ड मर्मत तथा कालोपत्रे कार्य भैरहेको जानकारी दिए । जसअनुसार, ८ दशमलव ५० किलोमिटर कालोपत्रे बाँकी ४ दशमलव ४ किलोमिटर ढलान गरिने उनले बताए । २०८० वैशाखमा पिआर इन्फ्रा इन्स्ट्रक्चर प्रा.लि.सँग ४० करोड ४८ लाख ८८ हजार रुपैयाँ लागतमा सम्झौता गरिएको सडक योजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५५ दशमवल ४६ प्रतिशत रहेको छ।
वर्षाअघि नै सडक कालोपत्रे गरेर सवारी संचालनमा ल्याउने गरि मन्त्रालय, स्थानीय तह र निर्माण व्यवसायीबीचको समन्वयमा निर्माण कार्यल तीव्र बनाइएको बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बताए । यस आयोजनाको हालसम्मको प्रगति विवरण अनुसार कल्भर्ट निर्माण कार्य पूरा भइसकेको छ भने टेवा पर्खाल, नाली निर्माण र सबबेस हाल्ने कार्य अन्तिम चरणमा पुगेको छ । यसका साथै गत असोजमा आएको बाढीले क्षति पुगेको स्थानहरुको पुनः निर्माणको जिम्मेवारी पनि निर्माण कम्पनीलाई दिइएको छ ।
प्रतिक्रिया