संखुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे

काठमाडौं ।  संखुवासभाको मकालु गाउँपालिका–३, कालोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । चराउन जंगल लगिएका भैँसी वर्षासँगैको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ भैँसी चट्याङ लागेर मरेको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए । चट्याङ लागेर भैँसी मर्दा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली सोमबार (वैशाख १५) घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पैदल दूरीमा पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर