महोत्तरीको गौशालामा एक युवतीको बीभत्स हत्या
काठमाडौं । महोत्तरीको गौशाला शिवभक्तिखोरमा एक युवतीको बीभत्स हत्या भएको छ । गौशाला नगरपालिका–८ का अभिषेक यादवकी २१ वर्षीय श्रीमती खुश्बुकुमारी यादवको गए राति हत्या भएको हो ।
प्रहरीका अनुसार पारिवारिक विवादका कारण खुश्बुको हत्या गरिएको जनाएको छ । हत्यापश्चात् अभिषेक यादवलगायत उनका घरपरिवार फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जयसवालले जानकारी दिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक जयसवालले बताए । मृतकका माइतीपक्षका अनुसार गत विवाह पञ्चमीका दिन खुश्बुको विवाह गौशाला नगरपालिका–८ का अभिषेक यादवसँग भएको थिए । विवाहपछि खुश्बु माइतीघर फर्केर गएका थिएन।
प्रतिक्रिया
