सुनवलमा बस र टिप्पर ठोक्किँदा १७ जना घाइते

काठमाडौं ।  पश्चिम नवलपरासीको सुनवलमा गएराति बस र टिप्पर एकआपसमा ठोक्किदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

काठमाडौंबाट बाजुरा जाँदै गरेको सुपप्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर गएराति १० बजेतिर सुनवल– ४ अल्कत्रे डाँडा नजिकै ठोक्किएको हो ।

दुर्घटनाका घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही र चार जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए । ठोक्किएका सवारीसाधन र टिप्पर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक भने घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर