छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौं ।  छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यालयका दुई शिक्षक  पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेल पक्राउ परेका हुन् । उनीहरुमाथि सोही विद्यालयमा अध्ययनरत १४/१५ वर्षीया दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप छ ।

पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका शिक्षकहरू अहिले प्रहरी हिरासतमा छन्।   उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर