कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराए ।

शपथ लगत्तै मुख्यमन्त्री थापाले  नेकपा एकीकृत समाजवादीका कमल जबेगु र नेपाली काँग्रेसका प्रदीप सुनुवारलाई मन्त्री नियुक्त गरे ।

गठबन्धनको साझेदार दल नेकपा माओवादीले भने मन्त्रीको नाम पठाइसकेको छैन । पार्टीमा छलफल गरेर मात्र सरकारमा मन्त्रीहरू पठाइने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर