कोशीमा सभामुख संलग्न भई सरकार गठन गर्नु डा. शेखरलाई मन परेन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेशमा सरकार निर्माण गर्दा विधि र पद्धति मिचिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत डा. कोइरालाले सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठन गर्नु संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत भएको टिप्पणी गरे ।
नेता कोइरालाले प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य सङ्ख्यामा सभामुखलाई समेत गणना गरेर पठाउने कुराको संवैधानिक व्याख्या नभए पनि यसो गर्नु संसदीय मान्यताविपरीत हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया
