नेटोद्वारा रुसी कदमको निन्दा

काठमाडौं । नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन (आक्रमण) भएकोमा निन्दा गरेका छन् । यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विरूपको उजागर गरेको उनको टिप्पणी छ ।

“काखोभका बाँधको विनाशले आज हजारौँ नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पु–याएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रूरतालाई फेरि एक पटक छताछुल्ल पारेको छ”, स्टोलटेनबर्गले ट्विटरमा उल्लेख गरे । -एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर