हुम्लामा वर्षा र हिमपातबाट जनजीवन प्रभावित
काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका तराई भू–भागमा अत्यधिक गर्मी बढेर त्यसको सामना गरिरहनु परेको छ भने मुलुकको पश्चिमी भागमा पर्ने हुम्लामा भने चिसो बढेर आगो ताप्नुपर्ने अवस्था सिर्जना भएको छ ।
हुम्लाका सरकारी कर्मचारी चिसोको कारण आगो तापेर बस्नुपर्ने बाध्यता छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो ।
सिमकोटलगायत माथिल्लो हुम्लामा चिसो बढेर तापक्रम यति बेला शून्य डिग्री सेल्सियसमा झरेको छ । सोमबार बिहानैबाट मौसम बिग्रिएको र दिउँसोबाट पानी पर्न सुरु भएको थियो । अग्ला डाँडामा भने हिमपात भइरहेको छ । बजार क्षेत्रमा पनि मानिसहरू बाक्लो कपडा लगाएर हिँडेको देखिन्छ । (तस्बिरः सांकेतिक)
प्रतिक्रिया
