मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु

काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ। सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने काम भएको छ।

जेठको पहिलो साताबाट यस क्षेत्रको मलेखुबाट मुग्लिनतर्फ पनि डोजर लगाएर भित्तो काट्ने काम भर्खरै सुरु भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए । “राजधानी काठमाडौँ जाने र बाहिरिने सवारीसाधनलाई असर नपर्ने गरी अहिले भित्ता काट्ने काम हुने छ। वर्षात्मा भित्ता काट्ने काम बन्द गरेर अन्य सीमा र पर्खाल लगाउने कार्य गरिने छ,” कार्कीले भने ।

न्यूनतम नौदेखि ३० मिटरसम्म फराकिलो पार्ने गरी काम भएको छ। साँघुरो र जङ्गल क्षेत्रमा नौ मिटर कायम गरिने छ। बजार र बस्ती क्षेत्रमा चार लेन अर्थात् ३० मिटरसम्मको फराकिलो पार्ने गरी काम हुनेछ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गर्ने पश्चिम क्षेत्रको कार्य क्षेत्रमा परेको छ।

नागढुङ्गादेखि मुग्लिनसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति गरिने भए पनि पश्चिम क्षेत्रमा भने ३९ किलोमिटरको काम गरिने छ। बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ। यस क्षेत्रमा सगुन कन्स्ट्रक्सन र शर्मा लामा जेडआइसिजीले ठेक्का पाएको छ। पश्चिम क्षेत्रका लागि शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्ने ठेक्का पाएको छ। यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर