राप्रपा नेता विक्रम पाण्डेविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालत, काठमाडौंबाट विभिन्न मितिमा फैसला भएका मध्ये सिक्टा सिँचाइ आयोजनाको गुणस्तरहीन निर्माण कार्य गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले गरेको फैसला चित्त बुझ्दो नभएको भन्दै सर्वोच्च अदालतमा मंगलबार पुनरावेदन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
गैरकानुनी लाभ तथा हानीसम्बन्धी मुद्दामाथिको फैसला चित्त नबुझेपछि उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अख्तियारले पुनरावेदन गरेको मुद्दाको प्रतिवादीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जना रहेका छन्।
यसअघि दायर मुद्दामा पूर्व मन्त्री पाण्डेविरुद्ध सबैभन्दा बढी दुई अर्ब १३ करोड ७६ लाख ८९ हजार २० रुपियाँ माग दाबी गरिएको थियो। अख्तियारले सिक्टा सिँचाइ आयोजना निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, आयोजनाका प्रमुखहरू, आयोजना र सिँचाइ विभागका इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकविरूद्ध भ्रष्टाचार मुद्दाको पुनरावेदन गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर