आज मंगलबार सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५०० रुपियाँ र चाँदी ३५ रुपियाँले बढेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रति तोला दुई लाख ४७ हजार ९०० रुपियाँ र चाँदीको मूल्य प्रति तोला तीन हजार १४५ रुपियाँ निर्धारण गरेको छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपियाँ र चाँदी तीन हजार ११० रुपियाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा आज दुवै धातुको मूल्यमा वृद्धि भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
