बंगालको खाडीमा अर्को चक्रवाती आँधी आउने संकेत

काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ। भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार हाल दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार शुक्रबार बिहान ५ः३० बजे दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको थियो। शुक्रबार बिहान ८ः३० बजेसम्म पनि उक्त प्रणाली सोही क्षेत्रमा सक्रिय रहेको थियो।

मौसम विभागले उक्त प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरेको छ। यो प्रणाली शनिबारसम्म गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) मा परिणत हुन सक्नेछ।

त्यसपछि आइतबार बिहानसम्म थप विकसित भई डिप्रेसनमा परिणत हुने र सोमबार साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीको रूप लिन सक्ने विभागको पूर्वानुमान छ।

मध्य अण्डमान सागर तथा आसपासको अण्डमान–निकोबार द्वीपसमूहमाथि विकसित वायुमण्डलीय प्रणालीका कारण बंगालको खाडीमा यस्तो मौसमी गतिविधि देखिएको मौसम विभागले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर