सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका –४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान करिब ५ बजे सडकमाथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गको दुवै तर्फको यातायात आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभयो।
पहिरोका कारण सवारीसाधन बाटोमै रोकिएका छन् । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ, पोखरा तथा पूर्व–पश्चिम आवतजावत गर्ने सवारीसाधन प्रभावित भएको छ। सडक खुलाउन सम्बन्धित निकायले आवश्यक समन्वय र पहल गरिरहेको छ।
प्रतिक्रिया
