नवनियुक्त भारतीय राजदूतको नेपाल आगमन

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार राजधानी काठमाडौं आइपुगेका छन् । उनी गत असोज अन्तिम साता नेपालका लागि राजदूत नियुक्त भएका थिए ।

दलेलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय दूतावासका कर्मचारी मात्रै नभएर परराष्ट्र मन्त्रालयका कर्मचारी पनि स्वागत गर्न पुगेका थिए । भोलिबाट इण्डियन विदेश सचिव विक्रम मिश्री नेपालको भ्रमणमा आउन लागेको सन्दर्भमा दलेला आजै आएका हुन् ।

दलेला यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रुपमा कार्यरत थिए । हाल उनी इण्डियाको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर