मौसम : मुख्यतया: सफा रहने

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ। यस मौसमी प्रणालीका कारण देशभरको मौसममा आंशिक बदली हुनुका साथै विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज मंगलबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया: सफा रहने अनुमान छ। यद्यपि, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहे पनि पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराईका भूभाग, काठमाडौँ उपत्यकासहितका खोँच तथा नदी तटीय क्षेत्रमा हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दृश्यता (विजिबिलिटी) कम भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर