आज कात्तिक १८ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज कात्तिक १८ गते बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा छ।

त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा छ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ०७ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर