विराटनगरसँग जनकपुर २ रनले पराजित

काठमाडौं ।  एनपीएल अन्तर्गतको हिजो मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि विराटनगर किङ्ग्सले २ रनको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि सैफ हसनले अविजित ७१ रन बनाए । उनले ४७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुश्लिङले ४३ तथा जेम्स निशमले २७ रन जोडे । विराटनगरका लागि आन्द्रे रसेलले ३ विकेट लिए । एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर