आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलवार दुई खेल हुने कार्यक्रम छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बिच हुनेछ।

दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच हुनेछ।

तीन खेलमा एक सफलता पाएको विराटनगरका लागि चौथो खेल धेरै महत्त्वपूर्ण बनेको छ। जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ, दुई खेलमा विजयी भएको छ। सुरुमा हारको सामना गरेको जनकपुरले त्यस पछिका दुवै खेलमा सफलता पाएको छ।

सन्दीप लामिछाने कप्तान रहेको विराटनगरका वेस्ट इन्डिजका आन्द्रे रसेल प्रमुख खेलाडी हुन्। श्रीलंकाका चारिक अलासान्का, एन्जेलो म्याथ्युज र सेहान जयसूर्या टोलीका थप आकर्षण हुन्। लोेकेश बम सबै भन्दा फर्ममा रहेका खेलाडी हुन्।

अमेरिकी अलराउण्डर हरमित सिंहको कप्तानीमा रहेको जनकपुरमा इङ्ल्यान्डका अलराउण्डर मोइन अलि अर्का आकर्षण हुन्। न्युजिल्यान्डका जिमी निसम, श्रीलंकाका कुशल परेरा र बंगलादेशका सैफ हसन अर्का खेलाडी हुन्।

मंगलबार हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने छन्। अपराजित लुम्बिनी लायन्सको दुई खेलमा ३ अंक छ । पोखरा एभेन्जर्सले यसअघिका दुई खेलमा नै पराजित भएको गरेको छ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीमा बंगलादेशका समिम हुसेन प्रमुख खेलाडी हुन्। इटालीका ग्रान्ट स्टेवार्ट र दक्षिण अफ्रिकाका सादली स्चेलविक अन्य प्रमुख खेलाडी हुन्।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरामा बंगलादेशका अलराउण्डर सकिब अल हसन र मेहदी हसन मुख्य खेलाडी हुन्। यस अघिका खुवै संस्करणमा पहिलो चरणमा बाहिरिएको पोखराले तेस्रो संस्करणमा पनि सुरुवातमा दुवै खेलमा पराजयको सामना गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर