एनपिएलमा सुदूरपश्चिमको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो चौथो खेलमा दोस्रो जित निकालेको छ। यसअघि सुदूरपश्चिमले ३ खेल खेल्दा २ खेलमा हार भोगेको थियो। पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले हारेको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरालाई ६ विकेटले हरायो।

वर्षाले प्रभावित बनाएको तेस्रो खेलमा सुदूरपश्चिम विराटनगरसँग ३५ रनले हारेको थियो। चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै दोस्रो जित निकाल्न सफल भयो। टियु मैदान कीर्तिपुरमा हिजो भएको खेलमा १ सय ३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उक्त लक्ष्य २० बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्यामुलेनले ४३ रन बनाउँदा इशान पाण्डेले २५ रन बनाए। त्यस्तै, विनोद भण्डारीले ११ रन बनाउँदा आरिफ शेखले २० तथा शेरफन रदरफोर्डले २१ रन बनाएर अविजित रहे। चितवनका लागि रञ्जित कुमारले ३ विकेट लिए पनि टिमको हार टार्न पर्याप्त रहेन।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सकेको थियो।
उसका लागि रवि बोपराले ४० बलमा ३ चौका र २ छक्काको सहयोगमा ४९ रन बनाउँदा डेविड मलानले १६ रन बनाए। त्यस्तै, अर्जुन साउदले १५ रन बनाउँदा कप्तान सिकन्दर रजाले १५ तथा विवेक यादवले १७ रन बनाए। सुदूरपश्चिमका लागि स्कट कुग्लिङले २ विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १-१ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर