इरानका शीर्ष नेताको हत्या गरेर गल्ती गरेको ट्रम्पको स्वीकारोक्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूलाई लक्षित गरी गरिएको सैन्य कारबाहीमा अमेरिका आवश्यकताभन्दा बढी अघि बढेको हुन सक्ने बताएका छन् । यद्यपि, उनले इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयको बचाउ गर्दै द्वन्द्वको सुरुआत अमेरिकाले नभई इरानले गरेको दाबी गरेका छन् ।

मंगलबार हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा आयोवा राज्यको डुबुक सहरमा रिपब्लिकन पार्टीका समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । उनले इरानलाई विश्वकै प्रमुख आतंकवाद प्रायोजक राष्ट्रको संज्ञा दिँदै त्यसबाट अमेरिकालाई सुरक्षित राख्न आफूले कदम चालेको बताए ।

‘मैले हाम्रो राष्ट्रलाई विश्वको नम्बर एक आतंकवाद प्रायोजकबाट जोगाएको छु,’ ट्रम्पले भने । उनका अनुसार सन् १९७९ मा भएको इरानी क्रान्तिपछि तेहरानले अमेरिकाविरुद्ध विभिन्न गतिविधि गर्दै आएको छ । उनले सन् २००० मा यमनको एडेन बन्दरगाहनजिकै अमेरिकी युद्धपोत यूएसएस कोलमाथि भएको आक्रमण र इराकलगायत मुलुकमा अमेरिकी सेनालाई लक्षित गरी गरिएका सडक किनारका बम विस्फोटका घटनामा पनि इरानलाई जिम्मेवार ठहराए ।

यद्यपि, यूएसएस कोलमाथिको आक्रमणको जिम्मेवारी अलकायदाले लिएको थियो । ट्रम्पले इरानका सैन्य कमान्डर कासिम सुलेमानीको हत्यालाई पनि आफ्नो प्रशासनको कदमको उदाहरणका रूपमा प्रस्तुत गरे । उनले सुलेमानीलाई ‘सडक किनारका बमका पिता’ भन्दै आलोचना गरे । ट्रम्पको पहिलो कार्यकालका क्रममा सन् २०२० जनवरीमा बग्दादमा अमेरिकी हवाई आक्रमणमा सुलेमानी मारिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर