भोलि पृथ्वी राजमार्ग ३ घण्टा बन्द गरिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले सोमबार (कात्तिक १६) पृथ्वी राजमार्गको आवागमन बन्द हुने जनाएको छ । आज आइतबार सार्वजनिक सूचना निकालेर कार्यालयले भोलि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पृथ्वी राजमार्गको आवागमनमा रोक लगाइएको जनाएको हो ।

बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नति कार्यका लागि राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको प्रशासकीय अधिकृत सन्देश मास्केले जानकारी दिए । उनले जारी गरेको सूचनामा उक्त अवधिभर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ ।

882126283_1875437937108057_3371044774410002766_n.jfif


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर