आज शुक्रबार सुनमा ३२ सय र चाँदीमा १०५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा आज शुक्रबार छापावाल सुनको मूल्य ३ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज शुक्रबार सुनको मूल्य घटेसँगै प्रति तोला २ लाख ८० हजार २०० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज शुक्रबार चाँदी प्रति तोला १ सय ५ रुपैयाँ घटेको छ। हिजो बिहीबार प्रति तोला ३ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार ३ हजार ८ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया
