आज मंगलबार सुन तोलामा ८ सय बढ्यो भने चाँदीमा २५ रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार छापावाल सुन तोलाको २ लाख ८१ हजार ५ सय रहेकोमा आज मंगलबार २ लाख ८२ हजार ३ सय रुपैयाँ पुगेको छ । यसरी हिजो सोमबारको तुलनामा आज सुन प्रति तोला ८ सय रुपैयाँ महँगो भएको छ ।

यस्तै, आज मंगलबार नेपाली बजारमा चाँदी सस्तो भएको छ । हिजो सोमबार एक तोला चाँदीको ३ हजार ९ सय ९५ रुपैयाँ रहेकोमा आज चाँदी प्रति तोलाको ३ हजार ९ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसरी हिजोको तुलनामा आज चाँदी एक तोलामा २५ रुपैयाँ सस्तो भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर