ग्यास बिक्री गर्दा भ्याट बिल जारी गर्न निर्देशन

काठमाडौं ।  नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले  सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि मिति २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरिएको स्मरण गराइएको छ । पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री वितरणको व्यवस्था मिलाउन भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर