विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन, प्रदेशका अधिकारबारे साझा धारणा बनाइने
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ। संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशका अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा सुदूरपश्चिमबाहेक छ प्रदेशका मुख्यमन्त्री सहभागी हुँदैछन्। सम्मेलनमा प्रदेशको अधिकार, वित्तीय स्रोत बाँडफाँट, कानुन निर्माणमा एकरूपता र संघीय सरकारसँगको समन्वयबारे छलफल हुनेछ।
दुई दिनसम्म चल्ने सम्मेलनले प्रदेशहरूका साझा माग र प्रतिबद्धता समेटिएको ‘विराटनगर घोषणापत्र’ जारी गर्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया
