आजको मौसम हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थान तथा अन्य हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। राति कर्णाली प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर