आज हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं ।  नेपाल मौसम विज्ञान विभागका अनुसार सोमबार देशको हिमाली र पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव छ । भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्इतया सफा रहनेछ ।

सो दिन कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ ।

यसैगरी, मङ्गलबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी भूभागमा मौसम मुख्तया सफा रहने विभागले जनाएको छ । सो दिन देशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहने विभागको पूर्वानुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर