बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा ठूलो बाढी आइरहेकाले गोरखासहित पाँच जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बाढीबारे समयमै सूचना पुर्‍याउन अपिल गरेको छ।

प्राधिकरणले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सहयोग गर्न र आवश्यकताअनुसार खोज तथा उद्धार कार्यमा जुट्नसमेत आग्रह गरेको छ।बूढीगण्डकी नदीमा आएको बाढीको जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदी किनारबाट टाढा बस्न र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर