मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द गरिने

काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द गरिने भएको छ। त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी नजिक गलौंदीमा भासिएको पृथ्वी राजमार्गको बाँकी काम गर्न आज बिहान ८ बजेदेखि मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न लागिएको हो।

सडक भासिएको क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी ब्याक कटिङमार्फत अवरोध हटाउने काम भएपछि उक्त सडकखण्ड रातभर खुला राखिएको थियो। तर, सडक मर्मतको काम पूरा गर्न पुनः बन्द गर्न लागिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर