‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्दै आएका २४ वर्षीय आयन माझी, मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको अप्रेसनका क्रममा प्रहरीले आयन माझीलाई नियन्त्रणमा लिएको हो । पक्राउ गर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेकाे थियाे । त्यसपछि प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएकाे हाे । आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले गिरोहले उपत्यकाका विभिन्न क्षेत्रमा लामो समयदेखि लुटपाट र चोरीका घटना गर्दै आएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर