गोली प्रहार गरी कोटेश्वरबाट लुटेराहरू पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको कोटेश्वरस्थित जडिबुटी पुलमुनिबाट लुटपाटमा संलग्न तीन जनालाई गोली प्रहार गरी गिरफ्तार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको कमान्डमा खटिएको टोलीले विभिन्न समयमा चोरी, डकैती र लुटपाटमा संलग्न फरार तथा मुख्य अभियुक्तहरूलाई आज बिहीबार बिहान गिरफ्तार गरेको को हो ।
लुटेराहरूलाई नियन्त्रणमा लिने क्रममा उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार भएपछि गोली चलाइएको एसएसपी घिमिरेले बताए । उनका अनुसार त्यसक्रममा केही प्रहरी पनि घाइते भएका छन् ।
प्रतिक्रिया
