दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा आज मंगलबार रिहा गर्न आदेश दिएको हो।

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई असोज १२ गते पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका थिए। खतिवडा जेनजी शहीद रसिक खतिवडाकी आमा हुन्। शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर