मौसम : देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश भू-भागमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदली छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मंगलबार मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका केही स्थान तथा तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली रहने अनुमान छ।

राति हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर