किन पक्राउ परे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा ?

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई आइतबार बिहानै महाराजगञ्जस्थित उनकै निवासबाटै पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनी विरुद्ध उजुरी परेको छ ।

जबरालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि कार्यालयमा लगिएको जनाइएको छ । उनीविरुद्धको उजुरी र अनुसन्धानको विषयमा प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । उनी २०७५ पुस १८ देखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर